बी एण्ड सी अस्पतालका कार्यकारी निर्देशक प्रसाईं ‘बर्ष उत्कृष्ठ नागरिक’

झापा, २६ कात्तिक । स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै बीएण्डसी अस्पताल बिर्तामोडका कार्यकारी निर्देशक दुर्गा प्रसाईलाई सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रले वर्ष उत्कृष्ठ नागरिकका रुपमा सम्मान गरेको छ ।

पूर्वाञ्चल क्यानसर अस्पतालका समेत कार्यकारी निर्देशक रहेका प्रसाईलाई सेवा केन्द्रको १० औं वार्षिक उत्सवका अवसरमा आज आयोजित विशेष कार्यक्रममा सम्मान गरिएको हो ।

प्रसाईंले स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्रमा हात हाल्दै बिर्तामोडलाई स्वास्थ्य क्षेत्रको ‘हव’ बनाएको भन्दै सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष उत्तम खनालले फुलमाला र प्रशंसा पत्रसहित प्रसाईंलाई सम्मान गरेका थिए ।

सम्मानित व्यक्ति प्रसाईंले, देशका लागि केही गर्न कोही न कोही मान्छे अघि सर्नै पर्ने भन्दै आफूले सोही दायित्व निर्भाह गरेको बताए । उनले भने, ‘मैले सम्मान पाउँला भनेर, स्वास्थ्य क्षेत्रमा हात हालेको होइन, देश र जनताका लागि अझ विशेषगरी पूर्वाञ्चल क्षेत्रका जनताका लागि केही गरौँ भनेरै नै यो क्षेत्रमा हात हालेको हुँ । र यो दिनसम्म आइपुग्दा मैले ठिकै गरेछु भन्ने लाग्छ ।’

उनले बिर्तामोडलाई स्थापित गराउन आफूले धेरै संर्घष गरेको बताउँदै बिर्तामोड बिस्तारै मेडिकल क्षेत्रको हब बन्दै भएको र बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालका कारण बिर्तामोड नेपालमा मात्र नभई विश्वमै चिनिदै गएको दावी गरे ।

कार्यक्रममा सताक्षी धाम दूधे सामुदायिक केन्द्रका अध्यक्ष छत्रवावु ओझा, क्षितिज नाट्य समूहका तर्फबाट माधव कल्पित लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख सन्तोष आचार्य, ट्राफ़िक प्रहरी नायब निरीक्षक राजकुमार श्रेष्ठ,शिक्षा सेबी गणेश प्रसाद खनाल,आदर्श सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष पदम प्रसाई,बिर्ता सामुदायिकका अध्यक्ष केशब पाठक, बुद्दशान्ति सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष मेनुका खड्का लगायतको उपस्थिति रहेको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *