शुक्रबार थप ३९७ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु


काठमाडौँ, २६ कात्तिक । शुक्रबार देशभर ३९७ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ३८९ जना संक्रमणमुक्त भएका छन् । आज थप ३ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ९ हजार १३४ जनाको पीसीआर बिधीबाट र १ हजार ९३२ जनाको एन्टीजेन बिधिबाटगरी कुल ११ हजार ६६ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट ३३५ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ४७ जना गरी आज कुल ३९७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १२५, भक्तपुरमा ४ र ललितपुरमा ४२ जना गरी उपत्यकामा १७१जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४९८ रहेका छन् । त्यसैगरी आइसीयूमा १९० र भेन्टीलेटरमा ५७ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला काठमाडौँ र ललितपुर छन् । २ सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला मोरङ, सुनसरी, धनुषा, भक्तपुर, कास्की, नवलपरासी पूर्व, रुपन्देही, बाँके र कैलाली गरी ९ वटा छन् । भने मुगु, हुम्ला र डोल्पामा सक्रिय संक्रमितको संख्या शून्य रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *