पत्रपत्रिका, सञ्चारमाध्यम र होडिङ बोर्डमा अब मदिरा तथा सुर्तीजन्य पदार्थको विज्ञापन प्रकाशन गर्न नपाइने

काठमाडौँ, २६ कात्तिक । अब देखि कुनैपनि पत्रपत्रिका, सञ्चारमाध्यम र होडिङ बोर्डमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको विज्ञापन बनाई प्रकाशन तथा प्रसारण गर्न नपाइने भएको छ ।

केही बर्ष देखि नेपालका पत्रपत्रिका, सञ्चारमाध्यम र होडिङ बोर्डमा सुर्तीजन्य पदार्थको विज्ञापन रोकिएको भएपनि मदिराजन्य पदार्थको विज्ञापन भने निर्वाध रुपमा प्रकाशन तथा प्रशारण हुदै आएको छ ।

विज्ञापन बोर्डले विहीबार एक विज्ञप्ती जारी गर्दै मदिरा तथा सूर्तिजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण गर्न नपाइने भन्दै अटेरी गरेको पाइएमा त्यस्ता पत्रपत्रिका तथा सञ्चारमाध्यम र होडिङ बोर्डमा राख्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।

जनस्वास्थ्य सेवा ऐन, २०७५ ले मानव स्वास्थ्यलाई प्रतिकुल असर गर्ने कुनै विज्ञापन सामग्रीको उत्पादन वितरण तथा प्रचारप्रसार गर्न रोक लगाएका र तथा विज्ञापन (नियमन गर्ने) ऐन २०७६ ले प्रचलित कानूनले विज्ञापन गर्न निषेध गरेका विषयमा विज्ञापन गर्न नहुने स्पष्ट व्यवस्था गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *