बागमती प्रदेशको स्वास्थ्य मन्त्री बने निमा लामा

निमा लामा

काठमाडौं, २५ कात्तिक । बागमती प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निमा लामा नियुक्त भएका छन् । प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विहीबार मन्त्रीमण्डल विस्तार गर्ने क्रममा लामालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त गरेका हुन् ।

लामा प्रदेश सभाको निर्वाचनमा सिन्धुपाल्चोक २ (ख) बाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित सांसद हुन् ।

मुख्यमन्त्री पाण्डेले माओवादी केन्द्रबाट सांसद बनेका शालिकराम जम्मरकट्टेलाई आर्थिक मामिला तथा योजना मन्त्री बनाएका छन् । उनी यसअघि डोरमणि पौडेल मुख्यमन्त्री भएका बेला आन्तरिक मामिला तथा कानून मन्त्री बनेका थिए ।

नव नवनियुक्त दुबै मन्त्रीले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

यसअघि मुख्यमन्त्री पाण्डेले कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, नेकपा माओवादी केन्द्रका संसदीय दलकी उपनेता कुमारी मोक्तान र एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्री बनाएका छन् ।

भँडेल भौतिक पूर्वाधार, मोक्तान सामाजिक विकास र खनाल आन्तरिक मामिला तथा कानुन मन्त्री छन् ।

गठबन्धनमा रहेको दलभित्र मन्त्रालयको भागवण्डाको विषयमा सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *