चौबिस घण्टामा थपिए ३१७ जना संक्रमित, २७९ जना डिस्चार्ज

- नेपाली हेल्थ

काठमाडौँ, २५ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर ३१७ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २७९ जना संक्रमणमुक्त भएका छन् । आज थप ६ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ९ हजार ६०९ जनाको पीसीआर बिधीबाट र ३ हजार ४४ जनाको एन्टीजेन बिधिबाटगरी कुल १२ हजार ६५३ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट ३०१ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १६ जना गरी आज कुल ३१७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ११०, भक्तपुरमा ७ र ललितपुरमा ३६ जना गरी उपत्यकामा १५३ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५३५ रहेका छन् । त्यसैगरी आइसीयूमा १८८ र भेन्टीलेटरमा ४४ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।


Facebook Comment


थप समाचार