डा रावल र महतको कामकाज रोक लगाउने निर्णयको प्रतिष्ठानका कर्मचारीहरुद्धारा विरोध

काठमाडौँ, २४ कात्तिक । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान फ्याकल्टी तथा कर्मचारीहरुले उपकुलपति डा मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई काम काज गर्न रोक लगाउने निर्णयको विरोध गरेका छन् । उनीहरुले अविलम्ब निर्णय सच्याउन कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको ध्यानाकर्षण गराएका छन् ।

प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्री खतिवडाले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै उपकुलपति डा रावल र रजिष्ट्रारलाई महतलाई अर्को निर्णय नभएसम्मका लागि भन्दै कामकाजमा रोक लगाएका छन् ।

उपकुलपति डा रावलले भने काम काज रोक्ने स्वास्थ्य मन्त्री आदेश राजनीतिक पूर्वाग्रणपूर्ण रहेको  टिप्पणी गरेका छन् ।

प्रतिष्ठानका कर्मचारीहरुले स्वास्थ्य मन्त्री खतिवडालाई पठाएको पत्रमा ‘देशकै दुगर्म कर्णाली प्रदेशको जुम्लामा अवस्थित प्रतिष्ठान विभिन्न आरोह अवरोध पार गर्दै अघि बढेको र मंसिरदेखि एमबीबीएस, बीएनएस, बीफार्मा लगायतका कार्यक्रम हुने प्रतिक्षामा रहेका बेला राज्यबाट उपकुलपति सहित अरु मुख्य पदाधिकारीप्रति गरिएको काम कारवाहीको ध्यानाकर्षण भएको छ,’ भनिएको छ । उनीहरुले पत्रमा नयाँ कार्यक्रम सुरु हुने अवस्थामा प्रतिष्ठानलाई पदाधिकारीविहीन बनाई अस्थिरता निम्याउन खोजिएको र दुर्गममा चिकित्सा शिक्षा सुरु गर्न थप चुनौती थपिदिएको उल्लेख गरेका छन् ।

उनीहरुले अहिलेको परिस्थितिमा उपकुलपतिलाई सहयोग गर्दै प्रतिष्ठानलाई थप उचाईमा पुरयाउन सहयोग गर्न समेत सरकारसंग माग गरेका छन् । निर्णय यथावत राखे आफूहरु संघर्षका कार्यक्रम अघि सार्न बाध्य हुने समेत पत्रमा उल्लेख गरेका छन्

सर्बोच्चले २० चैतमा कर्णाली सहित पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिको प्रक्रिया अघि नबढाउन भन्दै आदेश जारी गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रतिष्ठानलाई विपक्षी बनाई दायर रिटको सो फैसलाको निर्णय भने प्रधानमन्त्री मन्त्री कार्यालयमा २७ चैत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३१ चैतमा पुगेको थियो ।

तत्कालिन प्रधानमन्त्री केपी ओलीले २२ चैतमा डा रावललाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेका थिए । अदालतको निर्णय पछि जानकारी भएकोले उपकुलपति नियुक्ति कानून सम्वत रहेको प्रतिष्ठानका कर्मचारीहरुको तर्क रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *