कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति र रजिष्ट्रारलाई काम काज गर्न रोक

2.1k
Shares

काठमाडौं, २३ कात्तिक । सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई दैनिक कामकाज गर्न रोक लगाएको छ । प्रतिष्ठानको सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै दैनिक कामकाज गर्न रोक लगाउने निर्णय गरेका हुन् ।

‘अघिल्लो सरकारको पालामा भएको उहाँहरुको नियुक्ति प्रक्रियामै त्रुटि भएको सुनिन आएको छ । अदालतले नियुक्ति नगर भन्दा भन्दै नियुक्ती भएको बुझिएको छ । त्यसैले हाललाई काम काज नगर्नु नगराउनु भन्ने निर्णय भएको हो । यसको विस्तृत छानवीन पछि के गर्ने नगर्ने भन्ने अर्को निर्णय होला,’ स्वास्थ्य मन्त्री खतिवडाले नेपाली हेल्थसंग भने ।

तत्कालिन केपी ओली नेतृत्वको सरकारले डा रावललाई गत २२ चैतमा प्रतिष्ठानको उपकुलपतिमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।

उपकुलपति रावलको सिफारिसमा तत्कालिन स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले गत ११ असारमा नृपेन्द्र महतलाई रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *