चौबिस घण्टामा थपिए ५ सय भन्दा बढी कोरोना संक्रमित

काठमाडौँ, २३ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर ५३३ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ४८४ जना संक्रमणमुक्त भएका छन् । आज थप १ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार १४ हजार ९१८ जनाको पीसीआर बिधीबाट र १ हजार ८१८ जनाको एन्टीजेन बिधिबाटगरी कुल १६ हजार ७३६ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट ४४३ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ९० जना गरी आज कुल ५३३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ११८, भक्तपुरमा १३ र ललितपुरमा ३८ जना गरी उपत्यकामा १६८ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६१२ रहेका छन् । त्यसैगरी आइसीयूमा १९९ र भेन्टीलेटरमा ५५ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *