चौबिस घण्टामा थपिए ३९० जना कोरोना संक्रमित, ४२५ जना संक्रमणमुक्त

काठमाडौँ, २२ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर ३९० जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ४२५ जना संक्रमणमुक्त भएका छन् । आज थप ५ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार २ हजार ६०६ जनाको पीसीआर बिधीबाट र २ हजार ४२० जनाको एन्टीजेन बिधिबाटगरी कुल ५ हजार २६ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट ३७१ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १९ जना गरी आज कुल ३९० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ११७, भक्तपुरमा १५ र ललितपुरमा २० जना गरी उपत्यकामा १५२ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६५४ रहेका छन् । त्यसैगरी आइसीयूमा १८७ र भेन्टीलेटरमा ४३ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *