कपिलवस्तुमा अढाई लाख बढी जनसंख्यालाई दिन हैजाविरुद्धको खोप ल्याईदै

काठमाडौँ, २१ कात्तिक ।  सरकारले हैजाविरुद्धको खोप ल्याउने भएको छ। कपिलवस्तुमा फैलिएको हैजा तथा झाडापखला नियन्त्रणमा आउन समय लागेपछि सरकारले खोप ल्याउने तयारी गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार हैजा नियन्त्रणमा सहयोग गरिरहेको विश्व स्वास्थ्य संगठनको कलेरा सचिवालयले कपिलवस्तुका लागि खोप दिने आश्वासन दिएको छ। उनले ग्लोबल स्टक पाइल मा रहने हैजाको खोप ‘ओरल कलेरा भ्याक्सिन’ प्राप्तिका लागि गरेको प्रयास सफल भएको बताए ।

उनका अनुसार २ लाख ५२ हजार ३६३ डोज खोप आउने निश्चित भएको हो। ती खोपहरु जिल्लाका हैजाप्रभावित पाँचवटा पालिकाका स्थानीयलाई दिईनेछ । त्यसका लागि आफूहरुले हैजाको प्रकोप देखिएका र सफा खानेपानी तथा सरसफाइको स्थिति कमजोर रहेका अति जोखिमयुक्त क्षेत्रहरु निर्धारण गरेर उपलब्ध गराउने तयारी भएको जनाए । उक्त खोप एक पटक लगाएपछि पाँच वर्षसम्म सुरक्षित रहने अध्ययनले देखाएको छ।

खोप लगाउने लक्षित समूह कहाँ कति ?
प्रवक्ता डा पौडेलका अनुसार कृष्णनगरमा ६० हजार ७४३, महाराजगञ्जमा ५३ हजार १५६ जना, शिवराज नगरपालिकामा ६४ हजार ७७८ जना, बिजयनगरमा ३५ हजार९०३ जना र यसोधरामा ३७ हजार७८३ जना गरी कुल २ लाख ५२ हजार३६३ जना रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *