तिहारको दिन थपिए १३९ जना कोरोना संक्रमित


काठमाडौँ, २० कात्तिक । आज तिहारको दिन देशभर १३९ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ३९६ जना संक्रमणमुक्त भएका छन् । आज थप १ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार २ हजार १३४ जनाको पीसीआर बिधीबाट र १ हजार ७९८ जनाको एन्टीजेन बिधिबाटगरी कुल ३ हजार ९३२ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट १२८ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ११ जना गरी आज कुल १३९ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ८ हजार १४४ रहेका छन् । त्यसैगरी आइसीयूमा १९६ र भेन्टीलेटरमा ५०जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *