मिस युनिभर्स नेपालका विजेता र उप विजेता दन्त परीक्षणका लागि केडीसी पुगे

काठमाडौँ, १७ कात्तिक । मिस युनिभर्स नेपाल २०२१ की बिजेता सुजिता बस्नेत र फस्ट रनन अप निनाकान्त मण्डल मंगलरबार बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)मा पुगी आफ्नो दन्त परीक्षण तथा उपचार गराएका छन् ।

मिस युनिभर्स वर्ल्डमा प्रतिस्पर्धा गर्न जानु अघि उनीहरुले केडीसीमा गई मुख स्वास्थ्य दन्त परीक्षण तथा उपचार गराएका हुन् । आगामी डिसेम्बर महिनामा इजरायलमा मिस युनिभर्स वर्ल्ड २०२१ प्रतियोगिता हुँदैछ ।

केडीसीमा सुन्दरीद्धयलाई अध्यक्ष डा बुद्धिमान श्रेष्ठले स्वागत गरेका थिए । सो अवसरमा अस्पतालले छोटो अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरेको थियो । विद्यार्थी, फ्याकल्टी र स्टाफ सहभागी भएको अन्तरक्रिया कार्यक्रममा सुन्दरीद्धय बस्नेत र मण्डलले मुख तथा दन्त स्वास्थ्यको बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

उनीहरुले मुख तथा दन्त स्वास्थ्य सचेतनाका लागि आफूहरु खुलेर लाग्ने बताएका थिए । मिस युनिभर्स नेपालकी विजेता बस्नेतले मुख तथा दन्तस्वास्थ्यको महत्व सुन्दरी प्रतियोगिताका लागि मात्रै नभई हरेक व्यक्ति र हरेक पल आवश्यक रहेको बताइन । उनले हेल्दी स्माइलका लागि ओरल हेल्थ डेन्टिस्ट्रीको महत्वको समेत चर्चा गरेकी थिईन ।

कलेजका प्रिन्सिपल प्राडा रविन्द्रमान श्रेष्ठले मुख तथा दन्त स्वास्थ्य र केडीसीले यस क्षेत्रमा दिएको योगदानको चर्चा गर्दै बस्नेत र मण्डललाई सफलताको शुभकामना दिएका थिए ।

यता केडीसीका अध्यक्ष डा श्रेष्ठले आफ्नो अस्पतालको सेवाले आम सर्वसाधारण देखि मिस युनिभर्स वर्ल्डमा सहभागी हुने नेपाल सुन्दरीलाई समेत सन्तुष्ठ दिन सकेको भन्दै खुशी व्यक्त गरे । उनले यसअघि नै मिस युनिभर्स नेपाल प्रतियोगिताको डेन्टल पाटर्नर भएकोले सबै प्रतियोगीहरुको मुख तथा दन्त परीक्षण गरिसकेको समेत सुनाए ।

टाइटल विजेता सुन्दरीद्धयलाई हिजो मुख तथा दन्त स्वास्थ्य परीक्षण गरी आवश्यक पर्ने उपचार प्रतिस्पर्धामा भाग लिनु जानु अघि गर्ने गरी मिलाइएको डा श्रेष्ठले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *