चौबिस घण्टामा थप ४६९ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

काठमाडौँ, १६ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर ४६९ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ५५५ जना संक्रमणमुक्त भएका छन् । आज थप ११ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ७ हजार ११५ जनाको पीसीआर बिधीबाट र ३ हजार १७१ जनाको एन्टीजेन बिधिबाटगरी कुल १० हजार २८७ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट ४२२ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ४७ जना गरी आज कुल ४६९ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ९९, भक्तपुरमा ५ र ललितपुरमा ३६ जना गरी उपत्यकामा १४० जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १७४ रहेका छन् । त्यसैगरी आइसीयूमा २४१ र भेन्टीलेटरमा ७४ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *