चौबिस घण्टामा थप ४०८ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु


काठमाडौँ, १४ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर ४०८ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ५१८ जना संक्रमणमुक्त भएका छन् । आज थप ८जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको बिबरण अनुसार ५ हजार ७३१ जनाको पीसीआर बिधीबाट र २ हजार १६८ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट ३७६ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३२ जना गरी आज कुल ४०८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३७६ रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *