लमजुङमा बृहत रक्तदाता उत्प्रेरणा कार्यक्रम सम्पन्न

लमजुङ, १३ कात्तिक । लायन्स क्लव अफ लमजुङलले जिल्ला सदरमुकाम वेसीशहरमा बृहत रक्तदाता उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । नेपाल स्वयंसेवी रक्तदाता समाज लमजुङ जिल्ला शाखाको विशेष सहयोगमा उक्त कार्यक्रममा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि बनेका नेपाल रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सतक रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदानको महत्व र रक्तदान गर्नुपर्ने कारणका बारेमा प्रष्ठ्याएका थिए । उनले कोभिड -१९ को महामारीले रक्त व्यवस्थापनमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै उपचारका क्रममा विरामी पक्षलाई रगत र रगतबाट तयार पारिएका रक्त तत्वहरुको उपलव्धतामा सहजता मिलाउनका लागि रक्तदाताहरुको संख्यात्मक बृद्धि हुन जरुरी रहेको बताए ।

लायन विजय घिमिरेको सभापतित्वमा सञ्चालित कार्यक्रममा लमजुङ सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठ,डा. यादब, नेपाल स्वयंसेवी रक्तदाता समाज लमजुङ जिल्ला शाखाका अध्यक्ष सुरेश प्रधान,डिष्ट्रिक चेयर पर्सन तारा राज गाभे, नेपाल टेलरिङ्ग ब्यबसाय महासंघका अध्यक्ष गोपाल परियारले कार्यक्रमको महत्ववारेमा चर्चा गर्दै शुभकामना व्यक्त गरेका थिए ।

रक्तदाता कसरी बढाउने ?

कार्यक्रमको शुभारम्भमा ‘१८ वर्ष ४५ किलो, रक्तदान गर्न नगरौं ढिलो’ बोलको गीत प्रस्तुत गरिएको थियो ।  सतक रक्तदाता कर्माचार्यले गीतको बोलको अर्थ प्रष्ठ्याउँदै अब प्रत्येक स्वस्थ युवा युवतीहरुले आफ्नो १८ औँ वर्षको जन्मोत्सवसंग रक्तदानको शुभारम्भ गर्न सक्ने बताए । उनले ‘स्टार्ट १८ स्टार्स टिम’को अवधारणा अघि सार्दै यसबाट रगत अभावलाई न्युनिकरण गर्न सकिने बताए ।

उनले अव उच्च मावि पढ्दै गरेका प्रत्येक युवा विद्यार्थीहरुले म रक्तदान गर्नेछु, मैले रक्तदान गर्न शुरु गरे र नियमित रक्तदान सामाजिक दायित्व हो भन्ने अवधारणालाई अघि बढाउनुपर्ने बताए । उनले यदि कोही पनि स्वस्थ व्यक्ति १७ वर्ष पुरा गरी १८ बर्ष लाग्दै गर्दा आफ्नो जन्मदिनमा रक्तदान गरी मनाउन चाहन्छ भने उसलाई रक्तदान गर्ने व्यवस्था मिलाउनुपर्ने कर्माचार्यले सुनाए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *