जिल्ला कारागार झापामा बीएण्डसीको नि:शुल्क स्वास्थ्य शिविर

झापा, ११ कात्तिक । विर्तामोडस्थित वीएण्डसी टिचिङ अस्पतालले बुधबार जिल्ला कारागार झापामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगर्त वीएण्डसीले त्यहाँ रहेका महिला कैदीवन्दीहरुको निशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरेको हो ।

सो क्रममा ६९ जना महिला कैदीवन्दीहरुले स्वास्थ्य लाभ लिएको वीएण्डसीका जनसम्पर्क अधिकृत प्रोमिस गिरीले जानकारी दिए ।

यसैबीच वीएण्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले महिला कैदीवन्दीका लागि एक थान टेलिभिजन, म्युजिक सिस्टम, पानी तान्ने मोटर, संक्रमणरहित बनाउन फ्युविगेटिभ सिस्टम हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना र जिल्ला प्रहरी कार्यालयका एसपी सानुराम भट्टराईले कैदीबन्दीको स्वास्थ्य परीक्षण, औषधि वितरण साथै उनीहरुका लागि उपयोगी अन्य सामग्री उपलव्ध गराई वीएण्डसीले उदाहरणीय काम गरेको बताएका थिए ।

जनसम्पर्क अधिकृत गिरीले बीएण्डसीले विगतमा पनि यस्ता थुप्रै सामाजिक कार्य गर्दै आएको र भविस्यमा पनि यस्ता कार्य जारी राख्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *