वीरमा मिर्गौला प्रत्यारोपण सेवा पुन: सुरु


काठमाडौँ, ९ कात्तिक । डेढ वर्ष अघि देखि रोकिएको वीर अस्पतालको मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु भएको छ। कोरोना महामारीका कारण रोकिएको मिर्गौला प्रत्यारोपण सेवा मंगलबारदेखि सुरु भएको हो ।

वीर अस्पतालका निमित्त कार्यकारी अधिकारी डा भुपेन्द्रकुमार बस्नेतले मंगलबार सिराहाका ५० वर्षीय पुरुषमा मिर्गौला प्रत्यारोपण गरिएको हो। ती पुरुषलाई उनकी ४९ वर्षीया श्रीमतीले मिर्गौला दिएकी हुन् ।

प्रत्यारोपण डा अनिल श्रेष्ठ, पारश श्रेष्ठ र डा रबिन बस्नेतको टोलीले गरेको हो ।

यहि टोलीले लकडाउन हुनुपूर्व १५७ जनाको प्रत्यारोपण गरेको कार्यकारी अधिकारी डा बस्नेतले बताए । ‘पहिले २०७० साल तिर प्रत्यारोपण भएको थियो । तर बीचमा रोकियो, २०७३ सालमा म वीर अस्पतालको निर्देशक भएपछि रोकिएको प्रत्यारोपण सेवा पुन: सूचारु भएको थियो । डा अनिल, डा पारश, डा रविनहरुकै टोलीले नै त्यसबेला सेवा सुचारु गरेका थिए । कोरोनाको लकडाउन हुनु अघि ४ चैत २०७६ मा पछिल्लो पटक प्रत्यारोपण भएको रहेछ,’ उनले भने ।

डा बस्नेतले अब सातामा कम्तीमा एक जना व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्ने योजना रहेको समेत सुनाए ।

वीरमा हुने प्रत्यारोपण निशुल्क हो । प्रत्यारोपणका लागि सरकारले करीव ४ लाख रुपैयाँ उपलव्ध गराउँछ । ‘धेरैजसोको त्यहि पैसाले पुग्छ । केही केहीलाई थप खर्च चाहिन्छ,’ डा बस्नेतले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *