चौबिस घण्टामा थप ७७६ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

काठमाडौँ, ८ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर ७७६ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ५०१ जना संक्रमणमुक्त भएका छन् । आज थप १३ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ८ हजार २८४ जनाको पीसीआर बिधीबाट र २ हजार ५८० जनाको एन्टीजेन बिधिबाट गरी कुल १० हजार ८६४ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट ६७३ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १०३ जना गरी आज कुल ७७६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १८५ भक्तपुरमा ९ र ललितपुरमा ३३ जना गरी उपत्यकामा २२७ जना थपिएका छन् ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३६० रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा २५४ र भेन्टीलेटरमा ७४ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *