चौबिस घण्टामा थप ७७६ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

204
Shares

काठमाडौँ, ८ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर ७७६ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ५०१ जना संक्रमणमुक्त भएका छन् । आज थप १३ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार ८ हजार २८४ जनाको पीसीआर बिधीबाट र २ हजार ५८० जनाको एन्टीजेन बिधिबाट गरी कुल १० हजार ८६४ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट ६७३ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १०३ जना गरी आज कुल ७७६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १८५ भक्तपुरमा ९ र ललितपुरमा ३३ जना गरी उपत्यकामा २२७ जना थपिएका छन् ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३६० रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा २५४ र भेन्टीलेटरमा ७४ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *