स्वास्थ्य विभागको वेवसाइटमा अझै फेरिएन महानिर्देशक

काठमाडौं, ८ कात्तिक । स्वास्थ्य मन्त्री विरोध खतिवडाले गत शुक्रबार नै डा दिपेन्द्ररमण सिंहलाई स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाउने निर्णय गरेका थिए । सोही निर्णय अनुसार डा सिंहले आइतबार विहानै पत्र बुझी विभाग पुगेर कार्यभार सम्हालेका थिए ।

तर, विभागको वेव साइटमा भने अहिले पनि महानिर्देशक डा आरपी बिच्छाको नाम छ ।

नयाँ महानिर्देशकले कार्यभार सम्हालेको २४ घण्टा वितिसक्दा समेत विभागको वेवसाइट अपडेट नहुँदा आम सर्वसाधारण झुक्किएका छन् ।

आइटी हेर्न भन्दै छुट्टै कर्मचारी समेत राखेको विभागले आफ्नो प्रमुखको सामान्य तर महत्वपूर्ण कार्य समेतमा गरेको ढिलाईले स्वास्थ्यकर्मीहरु नै समेत अचच्ममा परेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *