एक लाख ६२० डोज फाइजर खोप आज आउँदै

148
Shares

काठमाडौँ, ८ कात्तिक । कोभिडविरुद्धको अमेरिकी खोप फाइजरको एक लाख ६२० डोज खोप आज नेपाल आउँदैछ । अहिले विहान ९ बजे कतार एयरको नियमित उडानबाट खोप काठमाडौँ आईपुग्ने तालिका छ ।

पहिलो पटक नेपाल भित्रन लागेको यो खोप अमेरिकाले कोभ्याक्स सुविधा अन्तरगत उपलव्ध गराएको हो ।

स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाले ९ बजे काठमाडौँ खोप आईपुग्ने र खोप टेकुस्थित आपूर्ति शाखाको गोदाममा लगेर राखिने बताए । माइनस ७० डिग्री तापक्रममा राख्नुपर्ने यो खोपका लागि आपूर्ति शाखामा ४ वटा वटा फ्रिज ल्याएर तयारी अवस्थामा राखिएको छ ।

१२ वर्षमाथि र १८ वर्षमुनिका बालबालिकालाई लगाउन मिल्ने सो खोप अस्पतालमा उपचाररत क्यान्सर, मुटु, मधुमेह, दम, एचआईभी लगायतका जो रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु छन्, उनीहरुलाई पहिलो प्राथमिकता राख्दै जेष्ठ नागरिकहरुलाई पनि यो खोप सुरुमा दिईने तयारी गरेको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *