चौबिस घण्टामा थपिए ५१३ जना कोरोना संक्रमित, ८ जनाको मृत्यु

काठमाडौँ, ६ कात्तिक । चौबिस घण्टामा देशभर ५१३ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ८१७ जना संक्रमणमुक्त भएका छन् । आज थप ८ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको बिबरण अनुसार ४ हजार ९७२ जनाको पीसीआर बिधीबाट र १ हजार ९५९ जनाको एन्टीजेन बिधिबाट गरी कुल ६ हजार ९३१ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट ४३८ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ७५ जना गरी आज कुल ५१३ जनामा संक्रमण पुष्टि भएको हो ।
आज काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा १५० भक्तपुरमा २४ र ललितपुरमा ३९ जना गरी उपत्यकामा २१३ जना थपिएका छन् ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५५९ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा २६८ र भेन्टीलेटरमा ८० जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *