भिटामिन ‘ए’ र जुकाको औषधि कात्तिक ७ र ८ गते खुवाइने

काठमाडौं, ३ कात्तिक । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको मिति परिवर्तन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिटामि ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रमको मिति परिवर्तन भएको जनाएको छ।

राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तरगर्त सरकारले ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल, १ देखि ५ बर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम लागू भएका जिल्लाहरुमा वितरण गर्दै आएको छ ।

पूर्व निर्धारित मिति २ र ३ कात्तिकमा नेपालीहरुको महान चाड बडा दशैं पर्ने भएकोले ७ र ८ कात्तिकका लागि नयाँ मिति तय गरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन जाँदा सही तरिकाले मास्क लगाएर जाने, कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्ने र साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने जस्ता स्वास्थ्य मापदण्डको पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।

सरकारले यो कार्यक्रम बर्षको दुई पटक बैशाख र कात्तिकमा सञ्चालन गर्दै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *