नेपाललाई थप २० लाख डोज खोप अनुदानमा उपलव्ध गराउने चीनको घोषणा

40
Shares

काठमाडौँ, २ कात्तिक । चीनले नेपाललाई थप २० लाख डोज कोरोना खोप अनुदानमा दिने भएको छ । परराष्ट्रमन्त्री नारायण खड्कासँग मंगलबार भएको टेलिफोन कुराकानीका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले खोप सहयोग घोषणा गरेका हुन् ।

यसअघि चीनबाट अनुदानको १८ लाख खोप नेपाल आईसकेको छ । थप १६ लाख डोज अनुदानको खोप यसै साता आईपुग्ने भएको छ । आजको घोषणापछि नेपालले चीनबाट मात्रै ५४ लाख डोज खोप अनुदानमा प्राप्त गर्नेछ ।

परराष्ट्र मन्त्रालयका अनुसार दुईमन्त्रीबीच दुईपक्षीय सम्बन्ध, कोभिड–१९ विरुद्धको खोपमा सहकार्य, व्यापार र विकासमा समन्वय र सीमा व्यवस्थापनका विषयमा छलफल भएको थियो ।

कुराकानीका क्रममा तातोपानी र रसुवागढी नाकाबाट थप कन्टेनर ल्याउन दिने विषयमा पनि छलफल भएको बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *