६५ बर्ष माथिका बृद्धबृद्धालाई निशुल्क चस्मा वितरण

काठमाडौँ, २६ असोज । विश्व दृष्टि दिवसको अवसरमा ६५ बर्ष माथिका बृद्धबृद्धालाई निशुल्क चस्मा वितरण गरिएको छ ।  वीपी कोइराला नेत्र अध्ययन केन्द्रमा नेपाल दृष्टि विशेषज्ञ संघ एवं नेपाल नेत्र सहायक समाजले सोमबार संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा चस्मा वितरण गरिएको हो ।

कार्यक्रममा विज्ञहरुले नेपाल लगायत विश्वभरी प्रविधिको विकास संगै कम्प्युटर, मोवाइलको प्रयोग बढेसंगै आँखामा हुने असर पनि बढेकोले आँखामा हुने असर पनि बढेकोले आँखालाई प्रविधि मैत्री उपकरण प्रयोग गरी सुरक्षित राख्नु आजको आवश्यकता भएको बताए ।

उनीहरुले नियमित आँखा जाँच गराउने बानी गरे यस्ता प्रविधिबाट हुने समस्यालाई धेरै हदसम्म न्युनिकरण गर्न सक्ने विश्वास व्यक्त गरे ।

विश्व दृष्टि दिवस विश्वभरी अक्टोवर महिनाको दोस्रो साता भरी मनाईन्छ । यसबर्षको नारा ‘आँखालाई माया गरौँ’ भन्ने रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *