मानसिक स्वास्थ्य क्षेत्रको संवर्द्धनमा योगदान गर्ने व्यक्ति तथा संस्था सम्मानित

काठमाडौँ, २४ असोज । मनोविज्ञान एवं मानसिक स्वास्थ्य क्षेत्रको संवर्द्धन प्रवद्र्धन र विकासमा उल्लेखनीय कार्य गरेको भन्दै चिकित्सक पत्रकार, तथा संस्थाहरुलाई सम्मान गरिएको छ ।

आइतबार विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्टिय अभियान नेपाल, मनोरोग उपचार तथा पुर्नस्थापना केन्द्र लगायतले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा स्वास्थ्य पत्रकार मञ्च नेपाल, स्वास्थ्य पत्रकार कमला गुरुङ, मञ्जु टेलर, प्राडा अजय रिसाल, प्राडा उशाकिरण सुब्बा, , डा डिबी सुनुवार, सुशीला अर्याल, मनोहरी तिवारी युवराज खत्री नारायण ढकाल चैतन्य ईन्स्टिच्युटफर मेन्टल हेल्थ लगायत छन् ।
उनीहरुलाई स्वास्थ्य राज्य मन्त्री भवानीप्रसाद खापुङले सम्मान गरेका हुन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङले मानसिक स्वास्थ्यका विषयलाई प्राथमिकताका साथ चासो दिएको बताए। मानसिक स्वास्थ्यका विषयमा आफूले गर्न सक्ने काम गर्ने उनको प्रतिवद्धता थियो।

त्रिवि शिक्षण अस्पतालका मानसिक स्वास्थ्य विभाग प्रमुख प्राडा सरोज ओझाले मानसिक स्वास्थ्यका मुद्दाहरु अझै पनि सम्बोधन हुन नसकेको बताए। सामाजिक लाञ्छना, भेदभाव र जनचेतनाको अभावले मानसिक समस्या लुकाउन बाध्य भएको डा ओझाले बताए।

मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपालका सभापति एवं मनोविद गोपाल ढकालले कोरोना महामारीले मानसिक स्वास्थ्यमा असर पुगेको बताए। अझै पनि कयौँ समस्याहरु ओझेलमा रहेको उनको भनाई थियो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *