चौबिस घण्टामा थप ५९६ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

काठमाडौँ, २४ असोज। पछिल्लो चौबिस घण्टामा देशभर ५९६ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ८७१ जना संक्रमणमुक्त भएका छन् । आज थप १० जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जारी गरेको बिबरण अनुसार ९ हजार २३७ जनाको पीसीआर बिधीबाट र ३ हजार १६७ जनाको एन्टीजेन बिधिबाट गरी कुल १२ हजार ४०४ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट ५६५ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १३ जना गरी आज कुल ५९६ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा १७२ भक्तपुरमा १८ र ललितपरमा ५३ जना गरी काठमाडौँ उपत्यकामा २४३ जना थपिएका छन् ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २४ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ३२२ र भेन्टीलेटरमा ११३ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *