खरीद गरेको सात महिना पछि १० लाख डोज कोभिसिल्ड खोप भारतबाट आईपुग्यो

शनिबार काठमाडौँ आईपुगेको कोभिसिल्ड खोप । तस्बिर : ओम उपाध्याय

काठमाडौँ, २३ असोज । भारतको सेरम इन्स्टिच्युट अफ इन्डियासंग खरीद गरेको १० लाख डोज कोभिड विरुद्धको खोप कोभिसिल्ड आइपुगेको छ । खोप दिउसो साढे २ बजे एयर इन्डियाको विमानबाट काठमाडौँ आईपुगेको हो ।

नेपालले गत ५ फागुनमा सेरसमसंग प्रति डोज ४ डलरका दरले २० लाख डोज खोप खरीद गर्ने सम्झौँता गरेको थियो । सम्झौँता अनुसार १० लाख डोज त्यसबेला नै आएपनि बाँकी १० लाख डोज आउन बाँकी थियो ।  समयमै खोप नआउँदा झण्डै पहिलो डोज लगाएका जेष्ठ नागरिक सहित झण्डै १३ लाख व्यक्तिले समयमै दोस्रो डोज लगाउनबाट बन्चित भएका थिए ।

‘८४ वटा काटूनमा १० लाख डोज खोप आएको छ । हामीले रिसिभ गरेर टेकुस्थित आपूर्ति व्यवस्था शाखाको गोदाममा व्यवस्थापनका लागि लग्दैछौँ,’ खोप सुपरभाइजर ओम उपाध्यायले भने ।

आज आएको खोप दोस्रो डोज लगाउन बाँकी रहेका नागरिकहरुलाई पहिले दिने र बाँकी खोप पहिलो डोज लगाउनका लागि प्रयोग हुने बताइएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *