‘आँखालाई माया गरौँ’

डा. प्रकाश बुढाथोकी

‘आँखालाई माया गरौँ’  भन्ने मुल नाराका साथ सप्ताहव्यापी रुपमा विभिन्न विश्व दृष्टि दिवस मनाईदैछ । उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानहरुबारे विश्वभर चेतना फैलाउनका लागि दिवस मनाईदै छ ।

विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनिकरण गर्न सन् १९९९ फेब्रुअरीमा ‘भिजन २०२० : राइट टू साइट’ कार्यक्रमको घोषणा गरी आँखा स्वास्थ्य सेवामा गुणस्तरीय सेवा, समतामूलक वितरण, एकिकृत स्वास्थ्य सेवा र दिगोपना चार मूल्य र मान्यतालाई जोड दिदै हरेक वर्ष अक्टोबर महिनाको दोस्रो विहिबारलाई विश्व दृष्टि दिवसको रुपमा मनाउने गरिएको छ ।

विश्व स्वास्थ्य संगठनको ‘वल्र्ड रिर्पाेट अन भिजन २०१९ र ७३ औ विश्व स्वास्थ्य एसेम्बली २०२० को आईपीआईसीमा बिश्व स्वास्थ्य संगठनले काम गर्देछ ।

विश्वभर ८० करोड मानिसमा मायोपिया, हाईपरमेट्रोमिया र प्रेसबायोपियाबाट पिडित छन् । तर सो समस्या सामान्य चम्साले समाधान गर्न सक्छ । यस्तै विश्वभर २ अर्व २० करोड व्यक्ति नजिक वा दुरदृष्टि दोषबाट पीडित छन् ।

१० करोड व्यक्तिहरुमा मध्यम देखि गम्भीर अन्धोपना छ जुन क्याटरयाक्ट सर्जरीबाट ठिक गर्न सकिन्छ । उपचारको दायरा तथा रोक्न सकिने कम्तिमा १ अर्व व्यक्ति दृष्टिदोष लिई बसिरहेका छन ।

दृष्टिदोष प्रमुखतया ५० बर्ष माथिकामा छ । भर्खरै बिश्व स्वास्थ्य एसेम्बलीको ७४ औ बैठकमा सदस्यराष्ट्रहरुले २ वटा बिश्व उदेश्य २०३० मा पुरा गर्न राजी भएका छन ।

दृष्टिदोषको पहुँचमा ४० प्रतिशत बढाउने र मोतियाबिन्दुको शल्यक्रियामा ३० प्रतिशत प्रभावकारी पहुच बनाउने छ ।

दृष्टिमा भएको कमीले ग्लोबल बर्डेन धेरै छ । उपचार नगरिएको मायोपियाले २४४ बिलियन अमेरिकी डलर र प्रेस्बायोपियाले २५.४ बिलियन अमेरिकी डलर छ ।

आईसीडि ११ अनुसार भिजन ईम्पेरमेन्ट २ प्रकारका छन । दुरदृष्टि दोषमा माईल्डमा भिज्युल एक्युटि ६/१२ देखी ६/१८ भन्दा खराब, मोडरेटमा ६/६० देखी ३/३० भन्दा खराब र अन्धोपना ३/६० भन्दा खराब हो ।

त्यस्तै नजिक दृष्टि दोषमा एन ६ वा एम .०८,४० सेमीमा खराब, छ ।

दृष्टिदोषले ब्यक्तिगत र आर्थिक असर पारिरहेको हुन्छ ।

बच्चामा भए भाषा,संबेदना,सामाजिक,कग्नीटिभ तब शैक्षिक अबसर कम हुन्छ ।

जीवनको गुणस्तरता,काममा कम सहभागीता,उत्पादन,तथा बढी डिप्रेसन,एन्जाईटि,सोसियल आईसोलेसन,हिडाईमा कठीन,बढी खस्ने,दुर्घटना,चोटपटक र समयअगावै नर्सिङ वा केयर होममा जाने बनाईदिन्छ ।

विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारण कार्यमा संलग्न अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाहरुको छाता संगठन अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सीले सन् २०१० को अध्ययनलाई आधार मानी विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्म उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनलाई २५ प्रतिशत घटाउने लक्ष्य लिएको थियो ।

यस लक्ष्यलाई पूरा गर्न नेपाल सरकारसंग आँखा स्वास्थ्य क्षेत्रमा संलग्न सबै निकायहरु सहकार्य गर्दै आइरहेको सर्वविदितै छ ।

नेपाल सरकारले पनि एक सदस्य राष्ट्र भएकाले सन् १९९९ नोभेम्बरमा कार्यक्रम मनाउने घोषणा गरी २० वर्षे कार्ययोजना (२००१–२०१९) लागु गरेको थियो ।

यस दिवसमा विश्वभरिका विभिन्न संघ–संस्थाले सरकार, संस्था र व्यक्तिलाई विश्वव्यापी रुपमा परिचालित अन्धोपन निवारण कार्यक्रममा सहकार्य गर्न प्रोत्साहित गर्दछ ।

विगत ३ दशकदेखि नेपालको आँखा स्वास्थ्य सेवामा गैह्सरकारी संस्थाहरुको सहभागिताले यस क्षेत्रको प्रगति तुलनात्मक रुपमा अग्रिम पंक्तिमा छ यद्यपि प्राथमिक आँखा उपचार सेवालाई ग्रामीण समुदायसम्म अझ प्रभावकारी बनाउन आँखा स्वास्थ्य नीति अब रणनीति तर्जुमा हुँदै गरेको सन्दर्भमा स्थानीय, जिल्ला तथा प्रदेशमा आँखा स्वास्थ्य सेवा कार्यक्रमसंग सम्बन्धित सबै सरोकारवालाबीच समन्वय गराउँदै एकीकृत स्वास्थ्य सेवा प्रणालीमा जोड दिनु पहिलो प्राथमिकता बनेको छ ।

विद्यालय भर्ना हुनुअघि विद्यार्थीको अनिवार्य आँखा परीक्षण गराउनपर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । जसको कार्यान्वयनका लागी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश तथा स्थानीय तहसंगको सहकार्यमा प्रत्येक विद्यालयमा भर्ना हुनुअघि नै ५ बर्षदेखी ११ बर्षसम्मका बालबालिकाको आँखा परीक्षण गरिदैछ । हाल प्रदेश सरकार र स्थानीय तहसंग समन्वयको काम भईरहेको छ र हरेक वडामा उपचार तथा स्थानीय तहमा आँखा उपचार केन्द्र स्थापना गर्देछ ।

पछिल्लो समय बालवालिकाहरुमा आँखा स्वास्थ्यको समस्या बढ्दै गएको छ । शहरीक्षेत्रका बालवालिकाहरुमा दुरदृष्टि कमजोर हुदै गएको छ । कोरोना महामारीले अध्ययन समेत मोबाईल, कम्प्युटर,ल्याबटपमा सिमित हुँदा उनीहरुको नजिकको दृष्टि कमजोर हुदै गएको छ ।

शहरीक्षेत्रका १५ प्रतिशत बालवालिकामा चस्मा प्रयोग गर्नपर्ने अवस्था छ तर ५० प्रतिशतले चस्माको प्रयोग नै नगर्ने छन । सरकारले आफ्नो नीति तथा कार्यक्रममा आँखा स्वास्थ्य तथा जाँच कार्यक्रमलाई प्राथमिकता दिएको छ । स्कुल जाने सबै बालवालिकाहरुको आँखा जाँच गराउने योजना छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *