खरीद गरेको साढे सात महिना पछि आज १० लाख डोज कोभिसिल्ड खोप आउँदै

काठमाडौँ, २३ असोज । भारतको सेरम इन्स्टिच्युट अफ इन्डियासंग खरीद गरेको साढे सात महिना पछि आज १० लाख डोज कोभिड विरुद्धको खोप कोभिसिल्ड आउँदै छ । खोप दिउसो साढे २ बजे काठमाडौँ आईपुग्ने बताइएको छ ।

नेपालले गत ५ फागुनमा सेरसमसंग प्रति डोज ४ डलरका दरले २० लाख डोज खोप खरीद गर्ने सम्झौँता गरेको थियो । सम्झौँता अनुसार १० लाख डोज त्यसबेला नै आएपनि बाँकी १० लाख डोज आउन बाँकी थियो ।  समयमै खोप नआउँदा झण्डै पहिलो डोज लगाएका जेष्ठ नागरिक सहित झण्डै १३ लाख व्यक्तिले समयमै दोस्रो डोज लगाउनबाट बन्चित भएका थिए ।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले आज दिउसो साढे २ बजे खोप आईपुग्ने बताए । उनले यो खोप दोस्रो डोज लगाउन बाँकीहरुलाई पहिले दिने र बाँकी खोप पहिलो डोज लगाउनका लागि प्रयोग हुने जानकारी दिए ।

यसअघि भारत सरकारले सेरम बाट उत्पादित १० लाख डोज कोभिसिल्ड खोप उपलव्ध गराएको थियो । ेत्यस लगत्तै भारतीय सेनाले नेपाली सेनालाई उपहार स्वरुप १ लाख डोज कोभिसिल्ड पठाएको थियो ।

त्यसपछि कोभ्याक्स सुविधा मार्फत आएको ३ लाख ४८ हजार र खरीद गरेको २० लाख मध्ये १० लाख गरी कुल २४ लाख ४८ हजार डोज कोभिसिल्ड खोप नेपाल आइसकेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *