ललितपुरमा १८ बर्ष माथिका सबैलाई भेरोसेलको पहिलो मात्रा दिईदै

काठमाडौँ, १९ असोज । ललितपुरमा भोलि (२० असोज) देखि १८ बर्ष माथिका सबै नागरिकलाई कोभिडविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा दिईदै छ । जिल्ला खोप समन्वय समितिको निर्देशन अनुसार भोलिबाट १८ बर्ष माथि उमेर समूहका सबैलाई भेरोसेलको पहिलो डोज दिन लागिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

चाडपर्वको समयमा भिडभाड बढ्न सक्ने र कोभिड १९ रोग फैलन सक्ने कुरालाई मध्यनजर गर्दै यस्तो निर्णय लिईएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताए । उनले जनस्वास्थ्यको मापदण्ड पालना गरी पालिकाले निर्धारण गरेको पायक पर्ने खोप केन्द्रमा पुगि खोप लगाउन समेत आग्रह गरेका छन् ।

सरकारले असोज मसान्तसम्म उमेर समूहका एक तिहाईलाई खोप लगाई सक्ने योजना अघि सारेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *