चौबिस घण्टामा ९६८ जना कोरोना संक्रमित थपिए, १११४ जना निको भए

काठमाडौँ, १९ असोज। पछिल्लो चौबिस घण्टामा देशभर ९ ६८ जना कोरोना संक्रमित थपिएका छन् । थप १ हजार ११४ जना निको भई डिस्चार्ज भएका छन् । आज थप ६ जना संक्रमितको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको बिबरण अनुसार ११ हजार ५८२ जनाको पीसीआर बिधीबाट र ४ हजार ४६० जनाको एन्टीजेन बिधिबाट गरी कुल १६ हजार ४२ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट ७६२ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा २०६ जना गरी आज कुल १ हजार ३० जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा २३१ भक्तपुरमा ३० र ललितपरमा ४१ जना गरी काठमाडौँ उपत्यकामा ३०२ जना थपिएका छन् ।

यो संगै नेपालमा कुल ४२ लाख ४५ हजार ६३८ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण भएकोमा ७ लाख ९८ हजार ७३६ जनमा र ५ लाख ९७ हजार २ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ९२ हजार ४५८ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमध्ये ७ लाख ७१ हजार ३३८ जना संक्रमणमुक्त भएका छन् । भने हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको छ ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४८ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ३३५ र भेन्टीलेटरमा १२२ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *