कोभिडबिरुद्धको अभियानका लागि जापानले दियो ६ वटा एम्बुलेन्स

काठमाडौँ, १८ असोज । कोभिडविरुद्धको अभियानमा सहयोग गर्ने क्रममा जापान सरकारले नेपाललाई ६ वटा अत्याधुनिक एम्बुलेन्स उपलव्ध गराएको छ ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालका लागि जापानी राजदूत किकुता युतकाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

फोर हील ड्राइभ ती एम्बुलेन्स जापानी अटोमोवाइल कम्पनी निसानले निर्माण गरेको हो । एम्बुलेन्समा स्ट्रेचर, अक्सिजन सिलिन्डर, इमरजेन्सी मेडिकल बक्स लगायतका सामग्रीहरु हुन्छन् । कच्ची सडकमा समेत राम्ररी गुडन सक्ने ती एम्बुलेन्सहरुबाट उच्च पहाडी क्षेत्रमा समेत सजिलैसंग कोभिडका विरामी ल्याउन लान सक्ने बताइएको छ ।

जापानले दिएको सो एम्बुलेन्सहरु अहिले नेपाल एम्बुलेन्स सर्भिसेज (१०२)ले सञ्चालन गर्ने बताइएको छ ।

जापानले यसअघि कोभिडविरुद्धको मेडिकल सामग्री , खोप तथा अन्य मेडिकल उपकरणहरु सहयोग गर्दै आइरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *