चुजी फाउन्डेशनद्धारा कान्ति बाल अस्पताललाई २५ वटा भेन्टिलेटर र १० वटा हाईफ्लो नेजल क्यानुला सहयोग

काठमाडौँ, १७ असोज । कान्ति बाल अस्पताललाई चुजी च्यारिटी फाउन्डेशनले २५ वटा पेडियाट्रिक भेन्टिलेटर र १० वटा हाईफ्लो नेजल क्यानुला सहयोग गरेको छ।

हेल्थ इन्भारोमेन्ट तथा क्लाइमेन्ट एक्सन फाउन्डेशन (हिक्याफ ३६०) को समन्वयमा चुजी फाउन्डेशनले उपलब्ध गराएको उक्त उपकरण स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आज कान्ति बाल अस्पताललाई हस्तान्तरण गरेका छन् ।

कोरोना महामारीको सम्भावित तेस्रो लहर र त्यसको जोखिममा १८ वर्षमुनिका बालबालिका पर्नसक्ने आंकलन भइरहेको अवस्था फाउन्डेशले उपलव्ध गराएको ती स्वास्थ्य सामग्री महत्वपूर्ण छ ।

उपकरण हस्तान्तर कार्यक्रममा बोल्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नयाँ उपकरणहरु कोरोना संक्रमित बालबालिकाको उपचारका लागि निकै नै महत्वपूर्ण बन्ने बताए । उनले भने, ‘कान्ति बाल अस्पताल देशको एक मात्र बालबालिकाको सुपर स्पेस्यालिस्ट सेवा सहितको बाल अस्पताल हो । यसैले पनि यो सुविधा सम्पन्न हुनुपर्छ । यसलाई बनाइनु पर्छ । चुजीले जसरी आज सहयोग गर्‍यो यसप्रति विशेष धन्यवाद दिन चाहन्छु ।’

राज्यमन्त्री श्रेष्ठले ३०० वेडको कान्तिलाई बिस्तार गरी ५०० बेडको बनाउनेबारे छलफल भइरहेको जानकारी दिए ।

अस्पतालका निर्देशक डा. अजित रायमाझीले अस्पताललाई उपकरणसँगै जनशक्तिको अभावको पनि व्यवस्थापन गर्नुपर्ने बताए।

उनले विपन्न तथा सीमान्तकृत जनताको बढी पहुँच रहने यो अस्पतालमा उपलब्ध सेवा सर्वसुलभ र नियमित गर्न थुप्रै चुनौति र समस्या भएको छ भन्दै जनशक्तिको अभावमा सेवा सञ्चालन गर्न समेत कठिनाई भएको बताए ।

‘हामीकहाँ प्रमुख समस्या जनशक्तिको कमी समस्या हो । त्यसलाई समाधान गर्न हामीले अस्थायी दरबन्दी सिर्जना गर्नुपर्ने भएकोले स्वीकत गर्न मन्त्रालयमा डकुमेन्ट पठाईसकेको छ, उनले भने, ‘एकीकृत ५२ शय्याको बिस्तारित आइसियु संचालन गर्न र ५६ जनाको दरबन्दी (२० चिकित्सक, ३५ नर्स, एक बायोमेडिकल इन्जिनियरको अस्थायी दरबन्दी पुनः स्वीकृतको प्रक्रियामा स्वास्थ्य मन्त्रालयमा रहेको छ।’

उनले कोभिड बिरामीको उपचारमा थप गरेको २५ शय्याको एचडियु युनिट संचालन पनि पुरानै जनशक्तिको व्यवस्थापन गरि बालबालिकामा हुन सक्ने कोभिड-१९ को तेस्रो लहरको सफल व्यवस्थापनका लागि पूर्व तयारी गर्न थप जनशक्तिको ओएनएम पनि स्वास्थ्य मन्त्रालयमा रहेको बताए।

हेल्थ इन्भाइरोन्मेन्ट एन्ड क्लाइमेन्ट एक्सन फाउन्डेशन (हेकाफ ३६०) का संयोजक महेश नकर्मीले सम्भावित तेस्रो लहरमा बालबालिका जोखिममा पर्न सक्ने कुरा मध्यनजर गर्दै २०० वटा भेन्टिलेटर चु जी मार्फत नेपाल ल्याएको र कान्तिलगायतका बालरोगको उपचार हुने अस्पतालहरुलाई वितरण गरिने बताए।

कान्ति बाल अस्पतालमा पहिले लहरदेखि हालसम्म ३५० जनाभन्दा बढी बालबालिका कोरोना संक्रमण भई उपचार गराइसकेका छन् । अस्पतालले ती मध्ये १९ जना संक्रमित बालबालिकाको मृत्यु भएको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *