चौबिस घण्टामा थप ६७९ जनामा कोरोना संक्रमण, १४०५ जना संक्रमणमुक्त

काठमाडौँ, १७ असोज। पछिल्लो चौबिस घण्टामा देशभर ६७९ जना कोरोना संक्रमित थपिएका छन् । थप १ हजार ४०५ जना निको भई डिस्चार्ज भएका छन् । आज थप ७ जना संक्रमितको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जारी गरेको बिबरण अनुसार ७ हजार ७० जनाको पीसीआर बिधीबाट र ३ हजार ८५० जनाको एन्टीजेन बिधिबाट गरी कुल १० हजार ९२० जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट ५७४ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा २१०५ जना गरी आज कुल ६७९ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा २२२ भक्तपुरमा १३ र ललितपरमा २० जना गरी काठमाडौँ उपत्यकामा २५५ जना थपिएका छन् ।

यो संगै नेपालमा कुल ४२ लाख २८ हजार १६३ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण भएकोमा ७ लाख ९७ हजार १९२ जनमा र ५ लाख ८७ हजार ५६१ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ९२ हजार ३४ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमध्ये ७ लाख ६९ हजार २२४ जना संक्रमणमुक्त भएका छन् । भने हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १६४ पुगेको छ ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८०४ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ३३७ र भेन्टीलेटरमा १०४ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *