बायोमेडिकल संघमा नयाँ कार्यसमिति, अध्यक्षमा हलुवाई

काठमाडौँ, १६ असोज । नेपालमा मेडिकल उपकरणको क्षेत्रमा क्रियाशिल बायोमेडिकल प्राविधिकहरुको संस्था नेपाल बायोमेडिकल संघको अध्यक्षमा श्यामकुमार हलुवाई चयन भएका छन् । शनिबार टेकुमा सम्पन्न पहिलो साधारणसभाले हलुवाईको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

साधारणसभाबाट बरिष्ठ उपाध्यक्षमा रामकुमार दाहाल, उपाध्यक्षमा अनु नेपाली, कुवेर ओली र महासचिवमा सोमप्रसाद उपाध्यय चयन भएका छन् । यस्तै सचिवमा लबकुमार सिंह र दिपक महत, बरिष्ठ कोषाध्यक्षमा विकेश श्रेष्ठ, कोषाध्यक्षमा विमल कुँवर, प्रतिभा भुसाल, हिमांशु मिश्र चयन भएका हुन् ।

नयाँ कार्यसमितिको सदस्यहरुमा सुजन रेग्मी, लोकेन्द्र महतो, सविना खनाल, उपमा बस्नेत, रोसना न्यौपाने, उमापति उम्रे, लक्ष्मण रिजाल, सागर बस्याल, राजेश शाह, चेत बहादुर भण्डारी, नर बहादुर बोहरा, लव पन्थी, सन्देश डंगोल, संगिता घिमिरे र दिनेश बजगाईलाई चयन गरिएको छ ।

देशभरबाट आएका बायोमेडिकल प्राविधिक प्रतिनिधिहरुको भेलाले २५ सदस्यीय केन्द्रिय कार्यसमिति चयन भएको हो । सो समितिमा संघले प्रत्येक प्रदेशबाट प्रतिनिधित्व गर्ने गरी समिति निमार्ण गरेको छ ।

राज्यले मेडिकल उपकरणलाई छुट्टै विधाको रुपमा स्वीकार गरेको देखिदैंन् तर बायोमेडिकल जनशक्तिहरुले यसलाई राज्यले स्वास्थ्य विद्याको रुपमा स्वीकार गर्नुपर्ने भन्दै आफ्नो संघ मर्फत धारणा राख्दै आएका छन् ।

कार्यक्रममा स्वास्थ्यको उपकरण क्षेत्रमा रहेका विविध समस्याको विषयमा छलफल,समाधानका उपाय र भावि चुनौति तथा अवसरका विषयमा समेत छलफल गरिएको थियो ।

संघले आफ्नो अधिवेशन प्रत्येक ३ वर्षमा गर्ने विधानमा उल्लेख गरेको छ । संघले लामो समयदेखि बायोमेडिकल सम्बद्ध जनशक्तिको हक हित तथा सरोकारका विषयमा काम गर्दै आइरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *