नेपालमा नयाँ आउने एम्बुलेन्स अब ‘क’ र ‘ख’ वर्गका मात्रै

क बर्गको एम्बुलेन्स

काठमाडौँ, १६ असोज । नेपालमा अब देखि ‘क’ र ‘ख’ बर्गका मात्रै एम्बुलेन्स चल्न पाउने भएको छ । अहिले उपत्यका सहित सहरी तथा ग्रामिण क्षेत्रमा चल्ने अधिकांश एम्बुलेन्स ‘ग’ बर्गका हुन् ।

राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ले पुरानो व्यवस्था परिवर्तन गर्दै अब देखि क र ख बर्गका मात्रै एम्बुलेन्स सञ्चालन गर्न पाउने बताएको हो ।

एम्बुलेन्सको कुरा गर्दा नेपाललाई हरेक बर्ष भारत सरकारले ठूलो संख्यामा एम्बुलेन्स सहयोग गर्दै आएको छ । तर त्यसरी सहयोगमा प्राप्त हुने एम्बुलेन्स पनि ग बर्गका नै हुन् । अब यो बर्षबाट भारतले अहिले दिए जस्तो ग बर्गका एम्बुलेन्स उपलव्ध गराउन पाउने छैन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले यसरी सहयोग गर्दै आएका संस्थाहरुलाई पनि अब देखि सहयोग गर्दा क वा ख बर्गका मात्रै एम्बुलेन्स उपलव्ध गराउन भनिएको बताए ।

स्वास्थ्य संस्थाले मात्रै एम्बुलेन्स सञ्चालन गर्न पाउने
नेपालमा एम्बुलेन्स सेवा सुरु भएको २०४३ साल देखि हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्यस यता २ हजार १ सय बढी एम्बुलेन्स दर्ता भएको उल्लेख छ । तर एम्बुलेन्स १० बढी पुरानो भएमा चलाउन पाइने छैन् । १० बर्ष नकटेको एम्बुलेन्सको संख्या १ हजार ३६४ रहेको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए ।

नेपालमा संख्यात्मक रुपमा सबैभन्दा धेरै एम्बुलेन्स सहयोग गर्ने देश भारत हो । त्यहाँको स्वतन्त्रा दिवसको अवसरमा नेपालले हरेक बर्ष ४० बढी एम्बुलेन्स सहयोग पाउँदै आएको छ । र त्यसरी ठूलो संख्यामा आउने एम्बुलेन्सहरु ग वर्गका हुन् । अब भने त्यस्ता एम्बुलेन्स नेपालले स्वीकार गर्न पाउने छैन् । भारतले पनि त्यो स्तरको एम्बुलेन्स दिने छैन् ।

यस्तै निर्देशिकाले एम्बुलेन्स सञ्चालन गर्ने निकाय स्वास्थ्य संस्था हुनुपर्ने बताएको छ । अहिलेसम्म विभिन्न व्यक्ति तथा संस्थाका नामा खुलेका प्रतिष्ठानहरुबाट पनि धमाधम एम्बुलेन्स सञ्चालन हुँदै आएका थिए । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा अधिकारीले अहिले बनेको निर्देशिकामा स्पष्ट ढंगले स्वास्थ्य संस्था लेखिएको बताए । उनले त्यसरी गैर स्वास्थ्य संस्थाको नाममा दर्ता गरी सञ्चालन भएका एम्बुलेन्सको विषयमा केही समयका लागि विशेष निर्णय हुनसक्ने बताए ।

निर्देशिकामा क वर्गको एम्बुलेन्स रातो रंगको हुनुपर्ने र ख वर्गको एम्बुलेन्स पहेलो रंगको हुनुपर्ने व्यवस्था छ । क बर्गको एम्बुलेन्समा आइसीयू र भेन्टिलेटरस सहितको सुविधा हुन्छ । ख वर्गको एम्बुलेन्समा त्यो भन्दा केही कम तर अत्यावश्यक सुविधाको व्यवस्था मिलाइएको छ ।

एम्बुलेन्सको टलफ्री नम्बर १०२
स्वास्थ्य मन्त्रालयले १०२ नम्बर एम्बुलेन्सको टलफ्री नम्बरको रुपमा लिएको छ । यद्धपी प्राविधिक तयारी नभईसकेकोले यो नम्बर उपत्यकामा अहिले नेपाल एम्बुलेन्स सर्भिसेका नामा एक गैैरसरकारी संस्थाले लिएको छ । कोभिडको बेलामा सरकारले सोही संस्थासंग समन्वय गरी कोभिड संक्रमितलाई निशुल्क सेवा उपलव्ध गराएको थियो ।

डा अधिकारीले अब हरेक एम्बुलेन्समा जीपीएस सिस्टम जडान भएकै हुनुपर्ने समेत बताए । त्यसबाट एम्बुलेन्स कहाँ कसरी सञ्चालन भइरहेको छ भन्ने समेत निगरानी गर्न सकिने उनको विश्वास छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *