चौबिस घण्टामा थप ८६७ जनामा कोरोना संक्रमण, ११२३ जना संक्रमणमुक्त

काठमाडौँ, १६ असोज । पछिल्लो चौबिस घण्टामा देशभर ८६७ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप १ हजार १२३ जना संक्रमणमुक्त भएका छन् । आज थप ९ जना संक्रमितको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जारी गरेको बिबरण अनुसार ५ हजार ५९८ जनाको पीसीआर बिधीबाट र २ हजार ६२१ जनाको एन्टीजेन बिधिबाट गरी कुल ८ हजार २१९ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट ६५९ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा २०८ जना गरी आज कुल ८६७ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा १६४ भक्तपुरमा २६ र ललितपरमा ६५ जना गरी काठमाडौँ उपत्यकामा २५५ जना थपिएका छन् ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६४२ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ३५० र भेन्टीलेटरमा ११२ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *