कोभिडका गम्भिर बिरामीमा प्रयोग हुने ‘टोसिलिजुमाव इन्जेक्सन’को अभाव

काठमाडौँ, १५ असोज ।  कोभिड – १९ संक्रमित गम्भीर बिरामीमा प्रयोग हुँदै आएको (टोसिलिजुमाव इन्जेक्सन) औषधिको अभाव भएको छ । यो औषधि उत्पादन गर्ने स्वीस फार्मास्यूटिकल्स कम्पनी ‘रोस’ले नेपालको माग अनुसार पठाउन नसक्दा औषधि अभाव भएको हो ।

टोसिलिजुमाव इन्जेक्सनको नेपालको आधिकारिक बिक्रेता यतिकेम डिस्ट्रिव्युटर प्रालिले ‘रोस’बाट तत्काल आउने सम्भावना नरहेको बताएको छ ।

यतिकेमका प्रमुख प्रभुराज बैद्यले टोसिलिजुमावको पुरानो स्टक सकिएको र नयाँ आउन समय लाग्ने अवस्था भएको सुनाए । उनले औषधि अभाव हुन नदिनका लागि आफूहरुले गरेको प्रयास तत्कालका लागि असफल भएको बताए ।

उनले भने, ‘हामीसंग टोसिलिजुमाव इन्जेक्सन चाहियो भनेर खोजी गर्न आउनेको संख्या दिनानुदिन बढी रहेको छ । तर उताबाट कम्पनीले पठाउन सकिरहेको छैन् । बिहीबार (हिजो) मात्रै पनि हामीले औषधिको बारेमा ताकेता गरेका थियौँ तर डिसेम्बर अघि पठाउन सक्दैनौँ भन्ने जवाफ पठायो ।’

बैद्यले यो औषधि छिटो ल्याउनका लागि सरकारले नै उच्चस्तरीय रुपबाट समेत प्रयास गर्नुपर्ने बताए ।

औषधि व्यवस्था विभागले गत १७ बैशाखमा टोसिलिजुमाव इन्जेक्सन कोभिड -१९ का गम्भीर बिरामीलाई आकस्मिक प्रयोगका लागि आयात गर्नु भन्दै यतिकेमलाई आयात अनुमति दिएको थियो । यतिकेमले त्यसबेला २ हजार भाइल र पछि थप २ हजार भाइल गरी कुल ४ हजार भाइल ल्याउन अनुमति पाएको छ । तर अहिलेसम्म उसले पटक पटक गरी कुल १ हजार २०० भाइल मात्रै ल्याउन सफल भएको छ ।

‘टोसिलिजुमाव उत्पादन गर्ने खास कम्पनी रोस नै हो । उसले संसारभर वितरण गर्नु पर्छ । त्यसैले यो खोप अभाव नै हुन्छ । तर यसपटक उसले झनै अभाव भएको बताएको छ,’ बैद्यले भने । उनले नेपालमा कोरोना संक्रमितको संख्या केही कमी जस्तो भएपनि अस्पतालमा गम्भीर विरामीको संख्या अहिले पनि उच्च रहेको बताए । ‘त्यसैले यसको डिमाण्ड अहिले पनि प्रसस्तै छ,’ बैद्यले भने ।

बिरामीका लागि एक वा दुई भाइल प्रयोग हुँदै आएको यो इन्जेक्सनको प्रति भाइल मूल्य विभागले ५९ हजार ८५० रुपैयाँ तोकिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *