चौबिस घण्टामा १०७८ जना संक्रमित थपिए, १२ जनाको मृत्यु

काठमाडौँ, १४ असोज । पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ७८ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप ९११ जना संक्रमणमुक्त भएका छन् । आज थप १२ जना संक्रमितको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको बिबरण अनुसार ८ हजार ५५५ जनाको पीसीआर बिधीबाट र ३ हजार २१० जनाको एन्टीजेन बिधिबाट गरी कुल ११ हजार ७६५ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट ८९८ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १८० जना गरी आज कुल १ हजार ७८ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा २६७ भक्तपुरमा ३७ र ललितपरमा ६५ जना गरी काठमाडौँ उपत्यकामा ३६९जना थपिएका छन् ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १६८ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ३५३ र भेन्टीलेटरमा ११७ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *