काठमाडौँमा ७४ प्रतिशतले लगाए कोभिडविरुद्धको पूर्णखोप

काठमाडौँ, १२ असोज । काठमाडौँमा १८ बर्ष माथिका ७४ प्रतिशतले कोभिडबिरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार कुल १५ लाख ६२ जना लक्षित जनसंख्या मध्ये ११ लाख १२ हजार ५२२ जनाले पूर्ण मात्रामा खोप लगाएका छन् ।

पहिलो डोज मात्रै लगाउनेको संख्या ११ लाख ४३ हजार ४८१ जना ७६ (प्रतिशत) रहेको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार पूर्ण खोप कभरेजदरको हिसावले काठमाडौँ अहिले बागमती प्रदेशकै दोस्रो बढी कभरेज गर्ने जिल्ला बनेको छ ।

प्रदेशको कुल १३ जिल्लामा पहिलो बनेको भक्तपुरमा १८ बर्ष माथिका ७५ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

त्यहाँ १८ बर्ष माथिका कुल २ लाख ४६ हजार ८५१ जनामध्ये कुल १ लाख ८४ हजार ७०१ जनाले पूर्ण खोप लगाएका हुन् ।

यस्तै तेस्रो बढी कभरेज गर्ने रसुवा ठहरिएको छ । त्यहाँ १८ बर्ष माथिका ७२ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

बागमती प्रदेशमा रामेछाप ५४ प्रतिशत, ललितपुर ६९ प्रतिशत, काभ्रे ५१ प्रतिशत गरी कुल ६ वटा जिल्लाले कभरेजदर ५० प्रतिशत नघाएका छन् ।

समग्रमा बागमती प्रदेशमा पूर्ण खोप ५३ प्रतिशतले लगाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *