चौबिस घण्टामा थप ११५८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

काठमाडौँ, १२ असोज। पछिलो चौबिस घण्टामा देशभर १ हजार १५८ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप १ हजार ३१८ जना निको भई डिस्चार्ज भएका छन् । आज थप १२ जना संक्रमितको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको बिबरण अनुसार ११ हजार ६७२ जनाको पीसीआर बिधीबाट र २ हजार ३३१ जनाको एन्टीजेन बिधिबाट गरी कुल १४ हजार ३ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट ९०४ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा २५४ जना गरी आज कुल १ हजार १५८जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा २७० भक्तपुरमा ४४ र ललितपरमा ६९ जना गरी काठमाडौँ उपत्यकामा ३८३ जना थपिएका छन् ।

यो संगै नेपालमा कुल ४१ लाख ८६ हजार १७५ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण भएकोमा ७ लाख ९३ हजार २७१ जनमा र ५ लाख ७० हजार ७३६ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ९१ हजार १०८ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमा ७ लाख ६३ हजार ७३४ जना संक्रमणमुक्त भएका छन् । भने हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४२२ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ३६४ र भेन्टीलेटरमा १२० जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *