मेडिकल काउन्सिलको निर्वाचन मंसिरमा हुने भयो

काठमाडौँ, ११ असोज । नेपाल मेडिकल काउन्सिलको निर्वाचन आगामी मंसिरमा हुने भएको छ। काउन्सिलले ४ बर्षे कार्यकाल सकिएर रिक्त हुँदै गरेको एक जना उपाध्यक्ष र ८ जना सदस्य पदका लागि निर्वाचन गर्न लागेको हो।

काउन्सिलको निर्वाचन समितिले आज तालिका सार्वजनिक गर्दै निर्वाचन मंसिररमा हुने जानकारी दिएको हो । समितिका अनुसार निर्वाचनमा मतदान गर्ने दिन उपत्यकाबाहिर ३ र ४ मंसिरलाई तोकिएको छ भने काठमाडौं उपत्यकामा १० र ११ मंसिर तोकिएको छ । मतदान बिहान १० देखि ४ बजेसम्म हुने छ । समितिले १२ मंसिर देखि मतगणना सुरु हुने बताएको छ ।

यसअघि नै २२ असोजमा मतदाता नामावली प्रकाशन गर्ने र २४ असोजमा मतदाता नामावलीमा दाबी विरोध गर्ने समय तोकिएको छ। उम्मेदवारीका लागि मनोनयन पत्र दाखिला गर्ने मिति १ र २ कार्तिकलाई तोकिएको छ। यस्तै ४ कार्तिकमा उम्मेदवारी फिर्ता लिने मिति तोकिएको छ।

यसअघि नै काउन्सिलले डा गणेश राईलाई प्रमुख निर्वाचन अधिकृत र डा मधुसुदन पुन, डा मनोज हुमागाईंलाई निर्वाचन अधिकृत तोकेको छ ।

निर्वाचनमा उम्मेदवार हुनका लागि उपाध्यक्ष पदका लागि कम्तीमा १५ वर्ष र सदस्य पदका लागि कम्तिमा ५ वर्षको अनुभव प्राप्त दर्तावाल चिकित्सक हुनुपर्ने व्यवस्था छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *