चौबिस घण्टामा थप १२८२ जनामा संक्रमण, १२६२ जना संक्रमणमुक्त

काठमाडौँ, ११ असोज। पछिलो चौबिस घण्टामा देशभर १ हजार २८२ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप १ हजार २६२ जना निको भई डिस्चार्ज भएका छन् । आज थप ७ जना संक्रमितको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको बिबरण अनुसार १२ हजार ८१ जनाको पीसीआर बिधीबाट र ३ हजार ४०७ जनाको एन्टीजेन बिधिबाट गरी कुल १५ हजार ४८८ जनाको नमुना परीक्षण भएको छ ।

जसमा पीसीआर बाट ९७५ र एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३०७ जना गरी आज कुल १ हजार २८२ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौँमा २८५ भक्तपुरमा ४३ र ललितपरमा ६६ जना गरी काठमाडौँ उपत्यकामा ३९४ जना थपिएका छन् ।

त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८४८ रहेको छ । त्यसैगरी सघन उपचार कक्षमा ३८५ र भेन्टीलेटरमा १२५ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *