‘चीनमा अध्ययन गरेका २०१५ र २०१६ ब्याचका विद्यार्थीलाई पनि नेपालमै इन्टर्नशीप गराउनु’

फाइल फोटो

काठमाडौँ, १० असोज । संसदको शिक्षा तथा स्वास्थ्य समितिले चीनमा अध्ययन पुरा गरी कोभिडका कारण इन्टर्नशीप पुरा गर्न नपाएका सन् २०१५ र २०१६ ब्याचका विद्यार्थीहरुलाई नेपालमै इन्टर्नशीपको व्यवस्था मिलाउन नेपाल मेडिकल काउन्सिललाई निर्देशन दिएको छ ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा चीनमा एमबीबीएस अध्ययन पुरा गरी इन्टर्नशीप गर्न नपाएका सन् २०१५ र २०१६ व्याचका विद्यार्थीलाई नेपालमै इन्टर्नशीपको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

शिक्षा सचिव रामप्रसाद थपलिया र सहसचिव डा हरिप्रसाद लम्साललाई बोलाइएको बैठकमा समिति सभापति जयपुरी घर्तीले सन् २०१४ औँ व्याचका विद्यार्थीलाई दिएको जस्तै अवसर सन् २०१५ र २०१६ व्याचका विद्यार्थीलाई पनि मिलाउन निर्देशन दिईन् ।

चीनमा एमबीबीएस पढी इन्टर्नशीप गर्न नपाएका सन् २०१४ व्याचका १६५ जना एमबीबीएसका विद्यार्थीलाई काउन्सिलले एक पटकका लागि भन्दै इन्टर्नशीपको व्यवस्था मिलाउने भएको छ ।

सन् २०१४ व्याचका विद्यार्थीले स्वदेशमै इन्टर्नशीपको सुविधा पाएपछि सन् २०१५ र २०१६ व्याचका विद्यार्थीले पनि नेपालमै सो सुविधा पाउनुपर्ने भन्दै आन्दोलन गरिरहेका छन् ।

यस्तै समितिले चीनमा अध्ययन गर्न गएका विद्यार्थीहरु कोभिड१९ का कारणले नेपालमा आई अनलाइन पढीरहेको अवस्थामा सरकारले चीनसंग कुटनीतिक पहल गरी त्यसतर्फ पठाउन पहल गर्न समेत निर्दैशन दिएको छ ।

यदि त्यसो गर्न नसके मेडिकल तथा इन्जिनियरिङ विषयमा पढने विद्यार्थीलाई इन्टर्नशीपको परीक्षा गर्न समस्या भएकोले समाधानको उपाय खोज्न समेत निर्देशन दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *