३८ जना स्वास्थ्यकर्मी कांग्रेस-माओवादी निकटको संघ छोडेर एमाले निकटको संघमा प्रवेश
सुर्खेत ९ असोज । नेपाली कांग्रेस निकट मानिने नेपाल स्वास्थ्यकर्मी संघ र माओवादी निकट मानिने नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठनका ३८ जना सदस्यहरु शनिबार नेकपा एमाले निकटका स्वास्थ्यकर्मीहरुको संस्था राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालमा प्रवेश गरेका छन् ।
शनिबार राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल जिल्ला कमिटी सुर्खेत को आयोजनमा भएको जिल्ला भेलामा नेपाल स्वास्थ्यकर्मी संघ सुर्खेतका क्षेत्रीय सभापति गगन पाण्डे, राष्ट्रिय स्वास्थ्यकर्मी संगठनका अस्मिता भारतीसहित उनीहरु प्रवेश गरेको संघका प्रदेश कमिटि सचिव सुशील शाहीले बताए ।
भेलालाई सम्वोधन गर्न संघका केन्द्रीय उपाध्यक्ष रामबहादुर चन्द सुर्खेत पुगेका थिए । उनले आगन्तुक स्वास्थ्यकर्मीहरुलाई स्वागत गर्दै स्वास्थ्यकर्मीको हक हितका लागि थप एक जुट भएर अघि बढने बताए ।

भेलामा नेकपा सुर्खेतका अध्यक्ष एवं सांसद ध्रुब शाहीले महामारीका बेलामा स्वास्थ्यकर्मीले खेलेको भूमिकाको बारेमा चर्चा गर्दै योगदानको प्रशंशा गरेका थिए ।
उनले नव प्रवेशी स्वास्थ्यकर्मीहरुलाई स्वागत गर्दै स्वास्थ्य क्षेत्र र स्वास्थ्यकर्मीहरु बृत्तिविकासको लागि पार्टी सधै लागि पर्ने गरेको चर्चा गरे ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



