कोरोना खोप सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री देउवा

काठमाडौँ ९ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाजस्ता महामारी र विभिन्न विपत्ति सामना गर्न आवश्यक तयारीबारे नीतिगत स्पष्टता र कानूनी प्रबन्ध हुनुपर्ने बताएका छन् । उनले कुनै पनि समस्याको समाधान सामूहिक, सहकार्य र प्रतिबद्धतामा निर्भर रहने भन्दै महामारीको सामनाका लागि नीतिगत स्पष्टतामा जोड दिएका हुन् ।

नेपाल चिकित्सक संघको आयोजनामा शनिबार शुरु स्वास्थ्य शिखर सम्मेलनको उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘विपत्तिको सामना गर्नका निमित्त अवलम्बन गर्नुपर्ने आधारहरुलाई नीतिगत रुपमा समावेश गर्न सकेको स्वास्थ्य सेवालाई परिकल्पना गरे बमोजिमको सर्व सुलभ, सहज पार्दै जनताको जीवन रक्षा गर्न सकिन्छ भन्ने मेरो विश्वास रहेको छ ।’ प्रधानमन्त्री देउवाले भने । उनले कोभिड–१९ को महामारीमा होस् वा महाभूकम्पको समयमा नेपालको एकताबद्ध प्रयासबाट प्राकृतिक विपत्ति र माहामारीको सामनालाई सदैब प्ररास्त गर्दै आईरहेकासमेत स्पष्ट पारे ।

महामारीले अहिले सम्पूर्ण जनजीवन प्रभावित पारेको भन्दै प्रधानमन्त्री देउवाले अगाडी थपे कोभिड विरूद्धको खोप विकासपश्चात सबैका लागि सुपथ, सरल र सहज पहुँच; ज्ञान तथा अनुभवको साटासाट र औषधि तथा औषधिजन्य उपकरणको समयमै आपूर्ति जस्ता कार्यहरु नै सरकारको पहिलो प्राथमिकता छ ।

संघले महामारी तथा प्राकृतिक विपत्तिलाई प्राथमिकतामा राखी ूएब्ल्म्भ्ःक्ष्ऋ एच्भ्एब्च्भ्म्ल्भ्क्क् क्ष्ल् ल्भ्एब्ीू नामक सन्देशको तर्जुमा गरेर ज्ञकत ल्ःब् ल्बतष्यलब िज्भबतिज क्गmmष्त(द्दण्द्दज्ञ को आयोजना गरेकोमा समेत उनले खुशी व्यक्त गरे ।

नेपालको भौगोलिक, आर्थिक, सामाजिक अवस्था र राजनीतिक प्रणाली भित्र रही नेपाली जनतालाई यो विद्यमान महामारीबाट कसरी जोगाउन सकिन्छ भन्ने सम्बन्धमा नेपाल सरकार निरन्तर लागि परिरहेको व्यहोरा समेत बताए । प्रधानमन्त्रीले नेपाल सरकारले शुरुदेखि नै जनस्वास्थ्यका मापदण्डहरुको निर्धारण, पालना, आवश्यक सामाग्रीहरुको आपूर्ति र वितरण, कोभिड–१९ संक्रमित व्यक्तिहरुको उपचार र व्यवस्थापन लगायत सरकारले सरोकारवाला निकायहरुको समन्वयमा आईसोलेसन, क्वारेन्टिन, परीक्षण, सम्पर्क व्यक्तिको खोजी आदि कार्य निरन्तर गरिरहेकोसमेत बताए ।

कोभिड–१९ विरुद्धको खोपलाई प्राथमिकतामा राखी सम्पूर्ण नागरिकहरुका लागि खोपको व्यवस्थापन गर्ने कार्यमा सरकार निरन्तर लागि रहेको र करोडौ नागरिकहरु यसबाट लाभान्वित भईसकेको समेत देउवाले जानकारी दिए ।
‘खोप कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखी सम्पूर्ण नेपाली नागरिकहरुलाई खोप उपलब्ध गराउने प्रतिबद्धता समेत यहाँहरुलाई दिलाउन चाहन्छु ।’ देउवाले थपे ।
यस शिखर सम्मेलनका लागि छनौट गरिएका बिषयवस्तुले कोभिड–१९ को महामारीलाई मात्र नभई अन्य प्राकृतिक विपत्तिहरुको सामना गर्नका लागि राज्यको तर्फबाट संचालन भएका गतिविधिहरुलाई थप प्रभावकारी बनाउन, र भावी दिनमा अवलम्बन गर्न सकिने विशेष रणनीतिलाई मापनयोग्य र सर्वसुलभ बनाउन उल्लेख्य सहयोग मिल्नेछ भन्ने मैले विश्वास लिएको छु उनले भने ।

कार्यक्रममा संघका अध्यक्ष डा. लोचन कार्कीले विश्व कोभिड–१९ को महामारीसँग निरन्तर जुँधिरहेको र यसका लागि विश्वमै विभिन्न खोज तथा अनुसन्धानमूलक गतिविधिहरु निरन्तर संचालन भई रहेको अवस्थामा नेपालले यस महामारीको सामना गरिरहँदाको अनुभव एकै ठाउँमा राख्ने वातावरण बनाउँन सम्मेलन गर्न लागेको स्पष्ट पारे ।

डा. कार्कीले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आफ्नो ज्यानको बाजी लगाउँदै नेपाली नागरिकहरुको जीवन रक्षाका निम्ती स्वदेशमा उपलब्ध सिमित, स्रोत, साधनको अधिकतम सदुपयोग गर्दै स्वास्थ्य सेवा प्रवाहमामा निर्वाह गरेको अतुलनिय भूमिकाको समेत उच्च प्रशंसा गरे । डा. कार्कीले आगामी दिनमा आईलाग्नसक्ने प्राकृतिक विपत्ति तथा महामारीका सम्बन्धमा राष्ट्रले अवलम्बन गर्न सक्ने रणनीतिक योजनालाई प्राथमिकतामा राख्दै सम्मेलनका विषयवस्तु छनोट गरिएको जानकारी दिए ।

संघले प्राथमिकता राखेका विषयवस्तुमा विज्ञहरुको संलग्नतामा यस शिखर सम्मेलनको आयोजना गरेर नेपाल सरकारलाई बैज्ञानिक नीतिगत सुझाब प्रस्तुत गर्ने योजना बनाएको भन्दै सम्मेलनले जारी गर्ने घोषणा पत्र र नीतिगत निचोडबाट ठोस एवं प्रभावकारी रणनीति तर्जुमा गर्न सघाउ पु¥याउने विश्वाससमेत व्यक्त गरे ।

आयोजक समितिका अध्यक्ष डा. केदारनरसिंह के.सीलेले कोरोना महामारीले सिर्जना गरेको असहज परिस्थितिले नेपालको अर्थतन्त्र र जनजीवनमा समेत गम्भीर असर परेको भन्दै जारी महामारी र आउँनसक्ने महामारीको सन्दर्भमा गर्नुपर्ने तयारीबाट ठोस निष्कर्ष निकाल्न सम्मेलन आयोजना गरिएको बताए । विहान देखि शुरु एक दिने सम्मेलनको सम्मेलनको प्रत्यक्ष प्रशारण एपी १ टेलिभिजनबाट प्रशारण भइरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *