एक लाख ६३० डोज फाइजर खोप दशैं अघि नै आउँदै
काठमाडौँ, ८ असोज । बालबालिकाहरुका लागि समेत दिन मिल्ने भनिएको कोभिडबिरुद्धको अमेरिकन खोप फाइजरको एक लाख ६३० डोज दशै अघि नै नेपाल आउने निश्चित भएको छ । यसरी आउने एक लाख डोज खोप नेपालले कोभ्याक्स सुविधा अन्तरगर्त पाउन लागेको हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख सागर दाहालले १ लाख ६३० डोज खोप दशैं अघि नै आईपुग्ने दावी गरे । उनले भने, ‘खोप आउनु अघिको यसको व्यवस्थापन पक्ष र प्राविधिक पक्षको बारेमा तयारी गर्नुपर्ने थियो । त्यो हामीले सम्पन्न गरी कोभ्याक्सलाई जानकारी पठाईसकेका छौँ । अब उनीहरुले छिटो पठाईने भनेका छन् । त्यस आधारमा पनि दशैं अघि नै खोप आईपुग्छ भनेका हौँ ।’
यसअघि कोभ्याक्स सुविधाले युनिसेफसंगको सहकार्यमा फाइजर खोप भण्डारण गर्नका लागि ४ वटा फ्रिज उपलव्ध गराईसकेको छ । सो फ्रिज केन्द्रीय भण्डारणस्थल टेकुमा इन्स्टल गरिईसकेको छ ।
दाहालले खोप आउने निश्चित भईसके पनि १ लाख परिमाण क कसलाई लगाईदिने भनेर एकीन भइनसकेको बताए । ‘हामीले प्रारम्भिक छलफल त गरेका छौँ । निर्णय भइसकेको छैन् । थोरै मात्रा छ यो खोप कस कसलाई दिने भन्ने निर्णय भईसकेको छैन्,’ उनले भने ।
विभागले अहिले चीनबाट गतहप्ता आएको ४४ लाख डोज भेरोसेल लगाउने कार्यलाई निरन्तरता दिएको छ ।
सम्पर्क इमेल : [email protected]