शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा पुन: डा. पुकारचन्द्र श्रेष्ठ

काठमाडौँ ७ असोज । सरकारले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक पदमा डा. पुकारचन्द्र श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई प्रत्यारोपण केन्द्रको कार्याकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रत्यारोपण केन्द्रका संस्थापक कार्यकारी निर्देशक रहेका प्रत्यारोपणविज्ञ डा. श्रेष्ठसंग यसअघि त्यहाँ दुई कार्यकाल विताएको अनुभव छ ।

गतवर्ष २६ बैशाखमा तत्कालिन केपी ओली नेतृत्वको सरकारले डा. श्रेष्ठलाई प्रत्यारोपण केन्द्रको निर्देशकबाट हटाई त्रिवि शिक्षण अस्पतालका डा प्रेमराज ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । वर्तमान सरकारले १ असोजमा डा. ज्ञवालीलाई कार्यकारी निर्देशकबाट जिम्मेवारी मुक्तगरी त्रिवि शिक्षण अस्पतालमा फिर्ता गरेको छ ।

त्यसपछि रिक्त भएको सो पदमा पुन: डा. श्रेष्ठ नियुक्त भएका हुन् ।

नेपालको अंगप्रत्यारोपणको इतिहासमा डा श्रेष्ठले उत्कृष्ठ काम गर्दै आएका छन् । वीर अस्पतालमा मिर्गौला प्रत्यारोपणको सुरुवात गर्ने देखि नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरुवात गराउने सम्मको श्रेय उनलाई जाने गर्दछ । यस्तै नेपालमा मस्तिष्क मृत्यु भएकारुको अंग प्रत्यारोपण सुरुवात समेत उनकै पालामा भएको थियो । डा. श्रेष्ठले अहिलेसम्म ८ सय बढीको मिर्गौला प्रत्यारोपण गरिसकेको र त्यसमा ९९ प्रतिशत सफलता हासिल भएको दावी गरेका छन् ।

आज नियुक्तीपत्र बुझेका श्रेष्ठले आजै अस्पताल पुगेर जिम्मेवारी सम्हाल्ने बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *