ताप्लेजुङको तेल्लोकमा फार्मेसी सेवा सुरु

56
Shares

ताप्लेजुङ, ६ असोज । सिरीजङ्घा गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा फार्मेसी सेवा सुरुआत गरिएको छ। गाउँपालिकाको सहयोगमा फार्मेसी सेवा सुरु भएको स्वास्थ्य केन्द्रले जनाएको छ ।

‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’ भन्ने अभियानको कार्यान्वयनस्वरुप गाउँपालिकाले फार्मेसी सञ्चालनका लागि आवश्यक जनशक्ति र बजेट व्यवस्थापन गरेको थियो। केन्द्रमा फार्मेसी नहुँदा बिरामी तथा सेवाग्राहीलाई समस्या हुँदै आएको थियो ।

स्थानीयस्तरमै उपलब्ध चिकित्सकले सिफारिस गरेका औषधि मोफसलबाट खरिद गर्नुपर्दा सेवाग्राहीले समस्या भोग्दै आएका थिए। फार्मेसीको आवश्यकता देखिएकाले करारमा प्राविधिक जनशक्तिको व्यवस्थापन गरी औषधि खरिदका लागिसमेत बजेट दिएर फार्मेसी सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार उक्त फार्मेसीबाट अब निःशुल्क बाहेकका औषधि सुपथ मूल्यमा पाउन सकिनेछ। यस्तै, स्वास्थ्य बीमा कार्यक्रमलाई समेत यसले सहयोग पुग्ने गाउँपालिकाको विश्वास छ ।

रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *